Sunday, December 7, 2014

Botox भनेको के हो ? What is Botox?

What is Botox?
Botox भनेको के हो ?

Botox भनेको अनुहारको चाउरीहरु हटाउने र नयां चाउरी आउन बाट रोक्ने एक प्रकारको सुइ हो । यस्ले आंखा वरिपरी र निधारको चाउरिपनलाई हटाउंछ । एकचोटी सुइ लगाएपछी करिब छ महिनासम्मा चाउरिपनबाट छुट्कारा पाइन्छ । चाउरिपना बाहेक काखिमुनी बाट धेरै पसिना आउने समस्याको लागी पनि botox प्रयोग हुन्छ । अनुभबी चिकित्सकले प्रयोग गर्दा Botox एकदमै सुरक्षित उपचार हो र यसबाट स्वास्थ्यमा कुनैपनी नकरात्मक असर पर्दैन । बिस्तृत जानकारिको लागी कुनै पनि प्लास्टिक सर्जन वा छलारोग बिषेशज्ञ सँग भेट्नुहोस ।

प्लाज्मा फेसिअल भनेको के हो ? What is Plasma Surgery?

What is Plasma Facial?
प्लाज्मा फेसिअल भनेको के हो ?

आफ्न्नै शरिर को अलिकती रगत निकाली तेस्लाई प्रशोधन गरेर PRP (Platelet rich plasma) निकालिन्छ । यस PRP मा growth factors हरु हुन्छ जस्ले शरिरको healing mechanism मा मद्धत गर्छ । यो PRP को लेप अनुहारमा लगाएर dermaroller प्रबिधी अथबा मसिनो सुइ हरुको प्रयोग गरी छालामा मसिना प्वालहरु बनाएर PRP लाई छाला भित्र छिराइन्छ । यसले गर्दा डन्डिफोरका दाग हरु, चाउरिपना र झोल्लिएको छाला बिस्तार ठीक हुँदै आउंछ ।

यो प्रबिधी कहिलेबाट सुरु भएको हो ?

अमेरिकामा २०१० साल देखी यो प्रबिधी सुरु भएको हो । त्यहाँका प्लास्टिक सर्जन हरुले हलिवूड मा प्रयोग गरेको यो प्रबिधी त्यहाँका सेलिबृटिहरु माझ अत्यन्त लोकप्रिय छ । आफ्न्नै रगत प्रयोग हुने भएकाले यस्लाई भ्याम्पाइर फेसिअल (vampire facial) पनि भनिन्छ ।

यो प्रबिधी नेपालमा कहिलेबाट सुरु भएको हो ?
हालसाल मात्र सुरु भएको हो । पाकिस्तान र चिन बाट तालिम लिएर आएका प्लास्टिक सर्जन डा. सुयोग मैनाली ले यो सेवा काठमाडौं क्लिनिक अफ कस्मेटिक सर्जरीमा सुरु गरेका छन ।

यो फेसिअल गर्दा कतिको दुखाइ हुन्छ ?

अलिअली दुख्ने भएकाले गर्नु अघी नदुख्ने लेप (topical anesthetic) लगाइन्छ, तेसपछी धेरै दुख्दैन ।

के के को लागी गर्न सकिन्छ ?

डन्डिफोर का पुराना दाग हरु, मसिना चाउरिहरु, अनुहारको झोल्लिएको छाला का साथै normal छालालाई सुन्दर र चम्किलो बनाउन यो PRP/Vampire फेसिअल गर्न सकिन्छ ।